+
+

केएमसीमा तीनदिने शोधपत्र लेखन कार्यशाला

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १३:३५

काठमाडौं । बागबजारमा रहेको काठमाडौं मोडेल कलेजमा तीनदिने शोधपत्र लेखन कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालामा काठमाडौंका १० कलेज, विश्वविद्यालयका अध्यापक, विभिन्न क्षेत्रका अनुसन्धाता लगायत गरी कुल ६८ जनाको सहभागिता रहेको थियो ।

कलेजका शिक्षक तथा एमफिल, पीएचडी गर्दै गरेका सहभागीलाई केन्द्रमा राखी सञ्चालन गरिएको कार्यशालामा विभिन्न १२ विषयमा छुट्टाछुट्टै विषयका विज्ञले सहजीकरण गरेका थिए ।

विश्व मजदुर दिवस, मे एकमा सुरुवात गरिएको कार्यक्रम राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कलेज सल्लाहकार समेत रहेकी शाक्यलाई कलेजले सम्मान गरिएको थियो ।

कार्यशालाको पहिलो दिन प्राडा उपेन्द्र कोइराला, डा. निरञ्जन देवकोटा, डा. डेभिड बस्याल र प्राडा अर्हन स्थापितले सहजीकरण गरेका थिए ।

दोस्रो दिन चार सत्र सम्पन्न भएका थिए । प्राडा भोजराज अर्याल, सह प्राडा जीतेन्द्र डंगोल, उप प्राडा सुनिता भण्डारी र प्राडा अच्युत ज्ञवालीले सहजीकरण गरेका थिए ।

कार्यशाला अन्तिम दिन चार सत्र सञ्चालन गरी कार्यक्रम सम्पन्न गरिएको थियो । सो दिन स्रोत व्यक्तिका रूपमा सह प्राडा गोविन्द तामाङ, डा. निरञ्जन देवकोटा, प्राडा श्रीधर गौतम कलेज प्राचार्य सुरेन्द्र सुवेदीले शोधपत्रसम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

कार्यशाला समापन सहारोहका प्रमुख अतिथि समेत रहेका विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव शंकर भण्डारीले सहभागीलाई प्रमाण पत्र वितरण गर्दै यस्ता कार्यशालाले कलेज तथा विश्वविद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले विश्वविद्यालय अनुदान आयोगबाट शोधपत्रका आधारमा दिइने विभिन्न अनुदानका निम्ति पनि सहभागी हुन अनुरोध गरेका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका नवनियुक्त रेक्टर प्राडा खड्ग केसीले निजी कलेजले गरेको खोज अनुसन्नधानसम्बन्धी कार्यक्रमको प्रशंसा गर्दै विश्वविद्यालयले गर्ने कार्य गरेकोमा थप यस्ता कार्यक्रमलाई आवश्यक सहयोग गर्ने बताए ।

अनुसन्धाताले गरेको खोज अनुसन्धानकै आधारमा विश्वका विकसित देशले आफ्नो कार्यदिशा बनाउने भन्दै नेपालजस्तो विकासशील देशले पनि त्यसको अनुशरण गर्नुपर्ने र यसका निम्ति कलेजले गरेको कार्यक्रम निकै फलदायी भएको उनले बताए । कार्यक्रममा केसीलाई सम्मान समेत गरिएको थियो ।

विश्वविद्यालयको एमफिल तथा पीएचडी अध्ययन गर्दै गरेका अनुसन्धाता र कलेज तथा विश्वविद्यालयमा अध्यापन गर्दै गरेका शिक्षकहरूले सो कार्यशाला शोधपत्र लेखन एवम् प्रशिक्षणका निम्ति निकै फलदायी भएको उनले बताए ।

कार्यक्रममा काठमाडौ मोडेल कलेज सभा अध्यक्ष रामेश्वर आचार्य, निर्देशक सह प्रा अजय ढकाल, सह प्राडा दुर्गाजंग केसी, सह प्रा किशोर गौतम एवम् कलेज प्रमुख सुरेन्द्र सुवेदीको उपस्थिति रहेको थियो ।

गत वर्ष मात्र क्यूएए प्राप्त गरेको काठमाडौं मोडेल कलेजले आयोजना गरेको सो कार्यशालामा विश्वविद्यालय अनुदान आयोगले सहयोग गरेको थियो ।

काठमाडौ मोडेल कलेज, रिसर्च कमिटी अध्यक्ष प्राडा श्रीधर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रम कलेजका आईक्यूएसी प्रमुख ध्रुवप्रसाद तिमिल्सेनाले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?