+
+

काठमाडौं मोडेल कलेजका १०० जना विद्यार्थी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते ११:४५

काठमाडौं । बागबजारस्थित काठमाडौं मोडेल कलेजले २० औं दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा उक्त कलेजबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १०० जना विद्यार्थी दीक्षित भए ।

दीक्षित हुने विद्यार्थीलाई कार्यक्रमका कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपश्चिामाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति उपेन्द्रकुमार कोइरालाले शपथ खुवाएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले दीक्षित भएका विद्यार्थीहरूलाई उद्यमशीलतासँग जोड्नुपर्ने धारणा राखे । आइडिया स्टुडियोका प्रबन्ध निर्देशक छिरिङ लामाले विद्यार्थीको समग्र विकासका लागि उनीहरूलाई नवप्रवर्तनमा जोड दिंदै देशको निम्ति नयाँ काम गर्नुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीलाई पनि उक्त अवसरमा सम्मान गरियो । कलेजले ‘केएमसी एक्सिलेन्सी अवार्ड’बाट बीबीएका सिम्रन आचार्यलाई ३० हजार रुपैयाँसहित सम्मानित गर्‍यो । कलेजले विद्यार्थीलाई अध्ययन अनुसन्धानमा लाग्न उत्प्रेरणा प्रदान गर्ने उद्येश्यले स्थापना गरेको २५ हजार रुपैयाँको ‘बेस्ट थेसिस अवार्ड’ एमबीएसका रेविका भण्डारी र एमएका युगल श्रेष्ठलाई प्रदान गरियो ।

यस्तै १० हजार रुपैयाँको केएमसी एकेडेमिक एक्सिलेन्स अवार्डबाट एमएका गोकर्ण ओझा, एमबीएसकी रेविका भण्डारी, बीबीएसकी चाँदनीकुमारी झा र बीबीएकी श्रुति भटराईलाई सम्मानित गरियो ।

बेस्ट अन्डरग्राजुएट रिसर्च अवार्डबाट मोनिका लामा, कुशल उप्रेतीऽ मेरिजन राई, नवीन महतो, शान्ति भटराई, सानु तामाङ र आश्मा चौधरीलाई सम्मान गरिएको थियो । उक्त पुरस्कारको राशि क्रमश: २० हजार, १५ हजार, १० हजार र ५ हजार रहेको छ ।

२०६० सालमा स्थापित काठमाडौं मोडेल कलेजमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एमबीएस, एमए अंग्रेजी, बीबीए, बीबीएम, बीबीएस, बीसीए र बीएसडब्लु कार्यक्रम सञ्चालनमा छन् । यो कलेज यसैवर्ष देशभरका निजी कलेजतर्फ शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट शैक्षिक संस्थाको रुपमा सम्मानित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?