+
+

‘टाइटानिक’ स्टार हलिउड अभिनेता बर्नार्ड हिलको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १२:१२

काठमाडौं । ‘टाइटानिक’ र ‘लर्ड अफ द रिङ्स’ जस्ता ब्लकबस्टर तथा अवार्ड विजेता हलिउड फिल्मका अभिनेता बर्नार्ड हिलको निधन भएको छ । उनले ७९ वर्षको उमेरमा अन्तिम सास लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी सन् १९९७ को फिल्म ‘टाइटानिक’मा क्याप्टेन एडवर्ड जोन स्मिथको भूमिकाको लागि परिचित छन् । यो दु:खद् खबर बर्नार्ड हिलकी को–स्टार बारबरा डिक्सनले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

बर्नाडको परिवारले पनि यसबारे आधिकारिक खबर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

बारबरा डिक्सनले सामाजिक सञ्जाल एक्समा पोस्ट सेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘बर्नार्ड हिलको निधनको खबर धेरै दुःखका साथ सुनाउँदै छु । हामीले जोन पल जर्ज रिंगो र बर्ट, विली रसेलको अद्भूत शो १९७४–१९७५ मा सँगै काम गर्‍यौं । उनी साँच्चै एक अद्भूत अभिनेता थिए ।’

फ्यानले पनि हिलप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् । टाइटानिक बाहेक उनले टेलिभिजन सिरियल र थिएटरमा पनि धेरै काम गरेका छन् । ‘लर्ड अफ द रिङ्स’मा उनले राजा थियोडेनको भूमिकाको लागि पनि धेरै प्रशंसा पाए ।

बर्नार्ड हिल ११ ओस्कार अवार्ड जित्ने दुई फिल्महरु ‘टाइटानिक’ र ‘द लर्ड अफ द रिङ्स’मा हिस्सा रहिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?