+
+

नेपालमा बिजुली गाडी ‘टाटा एस’ को प्रयोग बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १४:०३

काठमाडौं । बिजुली गाडी ‘टाटा एस’ (हात्ती) ले नेपाली बजारमा आफ्नो बजार क्षेत्र विस्तार गर्दै लगेको छ ।

टाटा ईभी गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा एस ईभी नेपालमा बिक्री वितरण गरिरहेको छ ।

सिप्रदी ट्रेडिङका अनुसार विशेष गरेर नेपाली बजारमा दराज, रोड हाउस केफ, उपाय सिटी कार्गो, कृष्ण बेकरी, डिलाइट फुड लगायतका फार्महरूले टाटा एसको प्रयोग गर्दै आइरहेको छ ।

यसैगरी डेरी, रेस्टुराँ, होटल, लजेस्टिक, फार्मेसी लगायतका क्षेत्रमा पनि टाटा एस ईभीको प्रयोग बढ्दै गएको सिप्रदी ट्रेडिङले जनाएको ।

सिप्रदी ट्रेडिङले पछिल्लो तीन वर्षदेसख चार पांग्रेमा ईभी गाडीहरूको बजार विस्तार गर्दै उपभोक्ताको आवश्यकता पूरा गर्दै आइरहेको छ ।

विगतमा ईभी कार बिक्री गर्दै आइरहेको सिप्रदी ट्रेडिङले २०२३ सेप्टेम्बरदेखि व्यावसायिक ईभी गाडीहरुको समेत बिक्री वितरण सुरु गरेको हो ।

टाटा एस ईभी गाडी डिजेलबाट चल्ने जस्तो बनोटमा छ । तर यो इलेक्ट्रिसियन पावर बाट चल्छ । पछिल्लो समय एस ईभीले बजारमा विस्तारै आफ्नो स्थान ओग्ट्दै गएको कम्पनीको भनाइ छ ।

दैनिक ७० देखि १०० किलोमिटरसम्म गुड्ने र ६५० देखि ८०० केजीसम्म सामान बोक्न सक्ने क्षमता यस ईभीमा रहेको हुन्छ ।

कम्पनीका अनुसार बिजुली सवारी साधनको प्रयोग गर्दा आर्थिक भार कम हुने र दैनिक २५० देखि ३०० सम्मको खर्चले दिन भर गुड्न पुग्ने छ ।

व्यावसायिक रूपमा अति नै उत्तम मानिने टाटा एसबाट वार्षिक कम्तिमा पनि ४ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म बचत हुने कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?