+
+

तारागाउँ रिजेन्सीको नाफा ३९ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते ९:३१

२७ वैशाख, काठमाडौं । तारागाउँ रिजेन्सी (हायात) होटलको नाफा ३९ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा २३ करोड ८८ लाख रुपैयाँ थियो ।

देशमा पर्यटकको संख्यामा आएको वृद्धिले होटलको आम्दानी बढ्न गएको सार्वजनिक वित्तीय विवरणमा कम्पनीले स्पष्ट पारेको छ । ‘पर्यटक संख्यामा वृद्धि भएसँगै यस होटलको तृतीय त्रैमासिक अवधिमा अक्युपेनसी दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ’ कम्पनीले भनेको छ । जसले गर्दा समीक्षा अवधिमा होटलको आम्दानी नै १२ प्रतिशत बढेको छ ।

होटलले चालु आवको तेस्रो त्रैमासमा कुल १ अर्ब १३ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी १ अर्ब १ करोड थियो । आम्दानीमा आएको वृद्धिले नाफामा योगदान पुगेको देखिन्छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । तेस्रो त्रैमासिक अवधिको अन्त्यसम्म प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९९ पैसा छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी १२ रुपैयाँ ६६ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ छ । बुधबार बजार बन्द हुँदा प्रतिसेयर मूल्य ७०१ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?