+
+

गल्ती नदोहोर्‍याउने प्रतिवद्धतापछि तारागाउँ रिजेन्सीको सेयर कारोबार फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १२:०७

सोमबार रोक्का रहेको तारागाउँ रिजेन्सी होटलको सेयर कारोबार नेप्सेले मंगलबार नै फुकुवा गरिदिएको छ । समयमै लाभांश वितरणको सूचना नदिएको भन्दै नेप्सेले सोमबार कम्पनीको कारोबार रोक्का गरेको थियो ।

मानवीय त्रुटि हुन गएका कारण समयमै लाभांश वितरणको सूचना दिन नसकेको र आगामी समय यस्ता गल्ती हुन नदिने प्रतिबद्धता कम्पनीले जनाएपछि कारोबार फुकुवा गरिएको नेप्सेले एक विज्ञप्तिमार्फत जनाएको छ ।

गत शनिबार नै सञ्चालक समितिको बैठक बसेर सेयरधनीलाई लाभांश दिने निर्णय गरे पनि कम्पनीले आइतबार बेलुका सवा ५ बजेपछि मात्रै नेप्सेलाई जानकारी गराएको थियो । धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सो दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि संस्थाले नेप्सेमा जानकारी पेश गर्नुपर्ने धितोपत्र सूचीकरण विनियमावलीमा व्यवस्था छ ।

यो व्यवस्थाको उल्लंघन गरेपछि तारागाउँ रिजेन्सीको कारोबार सोमबार स्थगन गर्दै नेप्सेले स्पष्टीकरण सोधेको थियो । तारागाउँ रिजेन्सीले चुक्ता पुँजीको ११ प्रतिशत नगद तथा ४ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?