तारागाउँ रिजेन्सी होटलको सेयर कारोबार नेप्सेले रोक्का गरिदिएको छ । गत शनिबार नै सञ्चालक समितिको बैठक बसेर सेयरधनीलाई लाभांश दिने निर्णय गरे पनि आइतबार बेलुका सवा ५ बजेपछि मात्रै जानकारी गराइएकाले कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सो दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि संस्थाले नेप्सेमा जानकारी पेश गर्नुपर्ने धितोपत्र सूचीकरण विनियमावलीमा व्यवस्था छ ।
यो व्यवस्थाको उल्लंघन गरेपछि तारागाउँ रिजेन्सीको सेयर कारोबार स्थगन गर्दै नेप्सेले स्पष्टीकरण सोधेको हो । ‘के कति कारणबाट समयमा नै लाभांश घोषणाको जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा ३ कार्यदिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ’ नेप्सेले भनेको छ ।
शनिबारको सञ्चालक समिति बैठकमार्फत तारागाउँ रिजेन्सीले चुक्ता पुँजीको ११ प्रतिशत नगद तथा ४ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
प्रतिक्रिया 4