+
+

बागमतीको बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते ११:५२

२७ वैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन ३१ वैशाखमा आह्वान गर्न सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा छ । त्यसैले १२ वैशाखमा हिउँदे अधिवेशन अन्त्य गरेर ३१ वैशाखबाट प्रि–बजेट छलफल सुरु गर्ने तयारी रहेको मन्त्री श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?