+
+

‘पूर्णबहादुरको सारंगी’मा जोडिए मुकुन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १२:०६

काठमाडौं । अभिनेता मुकुन भुसाल वितरण कम्पनी सेभेन सिजले बनाउन लागेको आगामी फिल्म ‘पूर्णबहादुरको सारंगी’मा अनुबन्धित भएका छन् । निर्मातासँग उनको लिखित सम्झौता भएको प्रेषित विवरणमा उल्लेख छ ।

यसअघि यो फिल्ममा विजय बराल र प्रकाश सपुत अनुबन्धित छन् । मुकुनको रोलबारे केही नखुलाइएपनि उनको भूमिका रोचक हुने अपेक्षा गरिएको छ ।

‘बुलबुल’ डेब्यु एक्टर भुसाल पछिल्लो समय सामाजिक कथावस्तुका फिल्मबाट चिनिएका छन् । ‘पूर्णबहादुरको सारंगी’मा पनि उनलाई शीर्षमध्येको भूमिकामा देख्न सकिने निर्माता विनोद पौडेलले बताए ।

यो फिल्मले सांरगी बादकको सांगीतिक यात्राको कथा भन्छ । साथै, बाबु र छोराको मर्मस्पर्शी सम्बन्धलाई पनि कथामा समेटिने जनाइएको छ । यो फिल्मको प्रदर्शन आगामी २०८२ सालमा हुने उल्लेख छ ।

फिल्ममा अनुबन्धित भएसँगै मुकुनले भने, ‘एउटा कलाकारमा फरक चरित्रको भोक सधैं रहन्छ । मैले यसमा पाएको भूमिका साँच्चिकै विशेष छ । यसबाट सबैले केही नयाँ परिचय पाउनु हुनेछ, फिल्मलाई लिएर उत्साहित छु ।’

सेभेन सिजले नेपाली डायस्पोरामा फिल्म वितरण गर्दै आएको छ । यो फिल्म निर्माताको रुपमा पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?