+
+

सामुदायिक सहायता सेवा कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले गरे प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १२:१६

२७ वैशाख, काठमाडौं । सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ का दिपक भण्डारी धर्नामा बसेको बेला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिसँग गत चैत १२ गते भएको सहमति अनुसारको सामुदायिक सहायता सेवा सुरुवात नभएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ । सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेबाट सुरुवात गर्ने सहमति भएको थियो । त्यसको कार्यान्वयनका लागि आवश्यक मापदण्ड र कार्यक्रम बनाउन मन्त्रालयका सहसचिव रामकृष्ण रामकृष्ण लामिछानेको संयोजकत्वमा ३ सदस्यीय समितिसमेत गठन गरिएको थियो ।

समितिमा राष्ट्रिय अपांग महासंघका नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की र तनहुँ म्याग्देका दिपक भण्डारी सदस्य थिए ।

कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेस गरी कार्यान्वयनमा लैजाने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै अपांगता भएका व्यक्तिहरुले प्रदर्शन गरेका हुन् ।

ह्वीलचेयरमा भेला भएका अपांगता भएका व्यक्तिहरुको प्रदर्शनका कारण केहीबेर भद्रकाली क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो । प्रदर्शन सकिएलगत्तै सवारी आवागमन सामान्य रुपमा सन्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?