+
+

प्रमोद र शिवको स्वरमा विश्वप्रकाशले आफ्नै संगीतमा रेकर्ड गराए दुई गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १२:२५

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो संगीतमा दुईवटा गीत रेकर्ड गराएका छन् । शिव परियार र प्रमोद खरेलका आवाजमा उनीद्वारा संगीतबद्ध गीतको रेकर्ड हालै गरिएको छ ।

बुधबार रेकर्ड गरिएको प्रमोदहरि गुरागाईंको शब्द रहेको ‘यतै कतै’ बोलको गीतमा शर्माको संगीत र खरेलको स्वर छ । मनोहर सुनामको संगीत संयोजनमा यो गीतको रेकर्डिङ नक्सालस्थित साउण्ड डिजाइन स्टुडियोमा गरिएको छ ।

‘राजनीतिभन्दा पर बसेर गीत-संगीतमा उहाँको लगाव लोभलाग्दो छ । हिजो विश्व दाइको संगीतमा मीठो गीत रेकर्ड भयो,’ गायक खरेलले स्टुडियोभित्रको फोटो सेयर गर्दै यसबारे जानकारी दिएका छन् ।

यो गीतलाई दशैंअघि नै म्युजिक भिडियोसहित सार्वजनिक गर्ने तयारी रहेको शर्माले जानकारी दिए ।

संगीत र साहित्यमा समेत रुचि भएका राजनीतिज्ञ शर्माले यसअघि दलित सचेतना प्रेरित गर्ने गीत पनि रेकर्ड गराएका छन् । शिव परियारको स्वर रहेको यो गीतमा मीन विश्वकर्माका शब्द छन् ।

विश्वप्रकाशले यसअघि पनि आफ्नो संगीतमा केही गीत रेकर्ड गराएका छन् । नेपाल जेसिजको एल्बममा बज्ने गीत उनैले संगीत गरेका हुन् । भूकम्पको त्रासदीको समयमा उनले ‘स्वीकृति’ बोलको गीत पनि ल्याएका थिए, जसमा शिशिर योगीको स्वर छ ।

लकडाउनको समयमा ‘आऊ माया गरौं, प्रकृतिलाई रक्षा गरौं, महामारीबाट संसारलाई जोगाऊँ’ बोलको गीत रिलिज गरेका थिए । यो गीतलाई शीतल मोक्तानले गाएकी थिइन् । यो गीत नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?