+
+

जोशी र ढकाल एआईजीमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १८:२४

२७ वैशाख, काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

यसअघि बढुवा समितिले ३ वैशाखमा जोशी र ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

यही बीचमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्स गएको भन्दै बढुवा रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?