+
+

कांग्रेसलाई सभामुखको प्रश्न : सदन चलाउने कुरा कहाँबाट तय हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १६:३५

२८ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सदन चलाउने विषय कहाँबाट तय हुन्छ भनेर प्रश्न गरेका छन् ।

शुक्रबार कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेपछि सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरे ।

त्यसपछि सभामुख घिमिरेले कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापालाई बोल्न समय दिए । सभामुखले थापालाई ३ मिनेट समय दिए ।

प्राप्त समयप्रति असन्तुष्टि जनाउँदै कांग्रेस सांसदहरूले ‘जम्मा तीन मिनेट’ भनेपछि सभामुखले सदन चलाउने तय कहाँबाट हुन्छ भनेर प्रश्न गरेका हुन् ।

‘कति समय दिनुपर्छ, के गरी सदन चलाउनुपर्छ भन्ने कुरा यताबाट टुंगो हुने कि त्यहाँ माननीय सदस्यले भनेपछि टुंगो हुने हो ?’ सभामुख घिमिरेले कांग्रेस सांसदहरूलाई पहिलो प्रश्न गरे ।

कांग्रेस सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा छलफल भएर विषय टुंगो लाग्ने जवाफ दिए ।

सभामुख घिमिरेले फेरि प्रश्न गरे, ‘यो संसदलाई चलाउने विधि माननीयले माग के के गर्नुहुन्छ, कति माग्नुहुन्छ त्यहाँबाट तय हुने हो कि यहाँबाट तय हुने हो ?’

कांग्रेस सांसदहरूसँग सामान्य सवाल जवाफपछि गगन थापा बोले । गगन थापा बोले लगत्तै कांग्रेस सांसदहरूले प्रतिनिधि सभामा नाराबाजी सुरु गरेका छन् । कांग्रेस सांसदहरूले ‘सहकारी पीडितलाई न्याय दे, संसदीय छानबिन समिति गठन गर, सहकारी ठगलाई कारबाही गर’ लगायतका नारा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?