+
+

सभामुख र दलका सचेतकहरूबीच छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १४:४५

३० वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतकबीचको छलफल सुरु भएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुखका साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक सुरु भएको हो ।

सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका थिए ।

१ जेठमा सरकारको नीति तथा कार्यक्रम आउने भएको छ । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?