+
+

जब घरपालुवा कुकुरका लागि घर नै बन्धकी राख्नुपर्‍यो

एजेन्सी एजेन्सी
२०८१ वैशाख ३० गते ६:५५

घरपालुवा जनावर तथा साथी जनावर अर्थात् पेट एनिमल्सलाई मानिसहरुालई निकै माया गर्दछन् । उनीहरुको स्याहार सुसार तथा खानपानमा निकै मेहेनत गर्दछन् ।

आफ्नो घरमा पालेको कुुकुर वा बिरालोका लागि जेसुकै पनि गर्न तयार मानिसहरु पनि हुन्छन् ।

हालै एकजना मानिसले आफ्नो घरपालुवा कुकुरप्रतिको मायाले गर्दा आफ्नै घर बन्धकीमा राखेका छन् ।

यो घटना बेलायतको हो । मिररमा प्रकाशित समाचार अनुसार लिन होल्डम र एलन ब्यामफोर्ड दम्पतीले घरमा एउटा कुकुर पालेका थिए, जसको नाम रुबी थियो ।

उनीहरुकी छोरी कायलीले उक्त कुकुरलाई पार्कमा घुमाउन लगेकी थिइन् । अकस्मात ज्याक रुजसेल क्रस ब्रीडको एउटा कुकुरले रुबीमाथि घातक आक्रमण गर्‍यो । त्यो कुकुरले रुबीको पेट फुटाइदिनुका साथै ढाड पनि भाँचिदियो ।

उक्त कुकुरले कायलीमाथि पनि आक्रमण गर्दा उनको हात भाँच्चिएको थियो । घटनास्थलमा रुबी र कायली दर्दनाक अवस्थामा रगताम्मे बनेर लडिरहेका थिए।

त्यसपछि होल्डमले घाइते छोरी र कुकुर रुबीलाई लिएर तत्कालै अस्पताल पुगे । तर, त्यसबेला सबै पशु अस्पताल बन्द थिए । एक घण्टाको यात्रापछि उनीहरु एउटा अस्पतालमा पुगे र त्यहीँ छोरीको उपचार सुरु भयो । तर कुकुर रुबीको अवस्थामा भने बिग्रिँदै गएको थियो । उसको जिब्रो बाहिर झुण्डिइरहेको थियो र त्यसबाट रगत बगिरहेको थियो । रुबीलाई एउटा कपडामा लपेटेर लगिएको थियो । पशु अस्पतालमा उसको रातभर शल्यक्रिया चल्यो । अन्ततः डाक्टरहरु उसालई बचाउन सफल भए । तर उक्त उपचार खर्चको बिल भने भयंकर थियो ।

अस्पतलले सुरुमा कुकुरको उपचारबापत् ६ हजार पाउण्ड खर्च हुने बतायो । तर जब रुबीको मेरुदण्डको हाड पनि भाँच्चिएको थाहा भयो, तब बिल दोब्बर भयो । उसलाई आईसीयूमा राख्दा दैनिक करिब ७० हजार रुपैयाँ बराबरको खर्च लागेको थियो ।

रुबीको उपचार पश्चात् डिस्चार्ज गरेर घर ल्याउने बेलासम्म अस्पतालको बिल करिब ४० लाख रुपैयाँ पुगेको थियो ।

बिलको रकम हेर्दा होल्डम दम्पती झसँग भए। त्यो बिल तत्कालै चुक्ता गर्नसक्ने अवस्था थिएन। त्यसैले उनीहरुले आफ्नो घरलाई नै धितो राखेर ऋण लिएर बिल भुक्तानी गर्नुपर्‍यो ।

यदि त्यसले पनि नपुगेमा कुकुरको उपचार खर्च जुटाउनका लागि उक्त घर बेच्न पनि उनीहरु तयार भएका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?