+
+

तीन तहको भूउपयोग योजना तयार गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १६:३२
फाइल तस्वीर

१ जेठ, काठमाडौं । सरकारले भूमिको स्वरूप र सम्भावनाका आधारमा तीन तहको भूउपयोग योजना तयार गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसद्‍मा पेस गर्दै उक्त घोषणा गरेका हुन् ।

भूउपयोग योजना तयार गरी प्रदेश र स्थानीय तहको कार्यन्वयन क्षमता बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारी निकायलाई निःशुल्क उपलब्ध हुने निजी जग्गाको नामसारी स्थानीय तहको सिफारिसमा सम्बन्धित मालपोत कार्यालयबाट हुने व्यवस्था गर्ने घोषणा सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?