+
+

रातो मच्छिन्द्रनाथको रथको टुप्पोबाट खसालियो नरिवल (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ जेठ ९ गते १८:४४

९ जेठ, काठमाडौं । नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राका क्रममा बुधबार रथको टुप्पोबाट नरिवल खसालिएको छ ।

ललितपुरको पुल्चोकबाट तानेर लगनखेलमा पुर्‍याइएको रथको टुप्पोबाट नरिवल खसालिएको हो ।

मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको ४ दिनपछि रथ निर्माणमा संलग्न ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ।

लगनखेलमा रथलाई रातो मच्छिन्द्रनाथको आमाको मन्दिरमा दुई पटक परिक्रमा गराइएको थियो ।

रथबाट खसालिएको नरिवल शुभ हुने विश्वास छ । त्यसैले यो नरिवल टिप्नका लागि धेरै मानिस तछाड मछाड गर्छन् ।

हेर्नुहोस् तस्वीरहरू :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?