+
+

ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १४:०५

१० जेठ, काठमाडौं । चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीहरूसहित १६ देखि १८ मेसम्म चीनको ग्वान्जाओमा नेपालको प्रचार प्रसार गरेका छन् ।

३२औं ग्वान्जाओ इन्टरनेसनल ट्राभल फेयर (जीआईटीएफ) मा नेपालले सक्रिय सहभागिता जनाएको पाटा नेपालले जनाएको छ ।

३० हजार स्क्वायर मिटर क्षेत्रमा आयोजित उक्त ब्यापार मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशहरूबाट ४० हजारभन्दा बढी सहभागी थिए ।

नेपाल पर्यटन बोर्डले १६ मेका दिन स्थानीय अपरेटर तथा सहभागी माझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुति दिएको थियो ।

सोही दिन साँझ आयोजित ‘बायर्स नाइट’ कार्यक्रममा पाटा नेपाल च्याप्टरले चाइना आउटबाउन्ड रिसर्च इन्टिच्युटबाट पर्यटन प्रवर्द्धनका लागि समग्र भूमिका शीर्षक अन्तर्गत गोल्ड अवार्ड र जीआईटीएफ आयोजकबाट ‘द बेस्ट पार्टनर अवार्ड’ प्राप्त गरेको छ ।

सोही अवसरमा नेपाल पर्यटन बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’ र जुगल होलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’ शीर्षकमा गोल्ड अवार्ड प्राप्त गरे ।

१७ मेमा आयोजित जीआईटीएफ २०२४ कन्फ्रेन्समा पाटा नेपाल कार्यसमिति सदस्य लाक्पाफुटी शेर्पा, पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडाल र पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले ‘जलवायु परिवर्तनको परिप्रेक्षमा चिनियाँ पर्यटकका लागि नेपालले प्रदान गर्ने दिगो पर्यटन उपजहरू’ शीर्षक अन्तर्गत समूहगत छलफलमा आमन्त्रित वक्ताको रुपमा सहभागिता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?