+
+

चांगान बन्यो दोस्रो ठूलो चिनियाँ कार निर्माता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १२:०३

काठमाडौं । चांगान अटोमोबाइल दोस्रो ठूलो चिनियाँ अटोमोबाइल निर्माता बनेको छ ।

चाइना पेसेन्जर कार एसोसिएसन (सीपीसीए) का अनुसार सन् २०२३ मा चांगानले गत वर्ष नौ लाख ६२ हजार कार बिक्री गरेर दोस्रो ठूलो चिनियाँ कार निर्माता बनेको हो ।

सीपीसीएका अनुसार सन् २०२३ मा चिनियाँ बजारमा दुई करोड १७ लाख नयाँ कार बिक्री भएको थियो जुन अघिल्लो वर्षको तुलनामा ५.६ प्रतिशतले बढी हो ।

यो अवधिमा बीवाईडीले सन् २०२३ मा २५ लाख ७१ हजार कार बिक्री गरेको थियो । बीवाईडीपछि चीनमा सबैभन्दा बढी कार बिक्री गर्ने चिनियाँ अटो ब्रान्ड चांगान बनेको हो ।

ईभी तथा पीएचईभीको प्रभावका कारण चिनियाँ कार बजार ५ प्रतिशतले वृद्धि भए पनि आइस कारको बिक्री ६.१ प्रतिशतले घटेको छ । सन् २०२३ मा चीनमा ईभी र पीएचईभीको बजार ३६.५ प्रतिशतले बढेको हो । हाल चिनियाँ बजारमा ईभी र पीएचईभीको हिस्सा ३५.७ प्रतिशत रहेको छ ।

चांगानको आकर्षक बिक्री

चांगान आविष्कार, गुणस्तर र विश्वव्यापी विस्तारप्रतिको प्रतिबद्धताको प्रमाण हो । चांगान विगत दुई दशकदेखि चीनको टप ३ अटोमेकरका रुपमा रहँदै आएको थियो ।

पछिल्ला तीन वर्षमा चांगानको बिक्री असाधारण रहेको छ । घरेलु मात्र होइन अन्तर्राष्ट्रिय बजारमा पनि चांगानको बिक्रीमा बढोत्तरी हुँदै आएको छ ।

चांगानले सन् २०२१ मा २३ लाख सवारीसाधन बिक्री गरेको थियो । बलियो घरेलु माग र न्यु इनर्जी भेहिकल (एनईभी)को सुरुवातका कारण यो सम्भव भएको थियो । यो वर्ष चांगानले दुई लाख ७० हजार एनईभी बिक्री गरेको थियो ।

त्यसैगरी, सन् २०२२ मा चांगानले आफ्नो गतिलाई कायम गर्‍यो । २३ लाख ५० हजार गाडी बिक्री गरेको चांगानले यो वर्ष एनईभी विक्रीमा ४१.१ प्रतिशत इयर अन इयर वृद्धि गरेर तीन लाख ८१ हजार युनिट कार बिक्री गरेको थियो । यो वर्ष चांगानका कारको निर्यात महसुस हुने गरी बढेको थियो ।

गत वर्ष चांगानको बिक्री २५ लाख ५३ हजार पुग्यो जुन अघिल्लो वर्षको तुलनामा ८.८ प्रतिशतले बढी हो । इलेक्ट्रिक भेहिकलको बिक्री चार लाख ७४ हजार युनिट पुग्यो जुन अघिल्लो वर्षको तुलनामा ७४.८ प्रतिशतले बढी हो ।

आविष्कार र प्राविधिक विकास

चांगानको सफलताको पछाडि शोध तथा विकासमा उसको अनवरत प्राथमिकता नै हो । पछिल्ला तीन वर्षमा चांगानले १६ वटा सेन्टरमा १८ हजार रिसर्चरले काम गरिरहेका छन् । उसका महत्त्वपूर्ण आविष्कारहरुमा न्यु ब्लु ह्वेल पावर हो जसले हाईब्रिड र एक्टेन्डेड रेन्ज भेहिकलमा नयाँ मापदण्ड स्थापना गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने चांगानको निर्णयले पनि उसको सफलतामा महत्त्वपूर्ण योगदान दिएको छ । उसले दक्षिणपूर्व एसिया र युरोपलाई आफ्नो गन्तव्य बनाएको छ । सन् २०२३ मा चांगानले थाइल्यान्डमा डेब्यु गरेको थियो जुन उसको मिसन अफ सांग्रिला र भास्ट ओसियन प्लान जस्ता नीतिमा आधारित थियो ।

टेक्नोलोजी जायन्टहरूसँग चांगानको पार्टनसिपले पनि उसको प्राविधिक क्षमता र बजार पहुँचलाई राम्रो बनाइरहेको छ ।

पछिल्ला वर्षहरूमा चांगानले हुवावे र नियो जस्ता कम्पनीसँग पार्टनरसिप गरेको छ जसले उसको इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र ब्याट्री स्वाप गर्ने प्रविधिमा अघि बढ्न सकेको छ ।

शोध तथा विकासमा निरन्तर लगानी गरिरहेको चांगानले चालु वर्ष आठ वटा नयाँ न्यु इनर्जी भेहिकल ल्याउने योजना बनाएको छ जसका माध्यमबाट २६ लाख ५० हजार कार उत्पादन र बिक्री गर्ने लक्ष्य लिएको छ ।

नेपालमा चांगानको आधिकारिक विक्रेता रहेको एमएडब्लू वृद्धिले भर्खरै दिपल एस०७ ईभी सार्वजनिक गरेको थियो । १५ भन्दा बढी फर्स्ट टाइम इन नेपाल फिचर भएको यो ईभी छोटो समयमै सफल भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?