+
+

सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १०:२६

११ जेठ, जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज फेरि म्याद थपको लागि अदालतमा पेश गर्न लागेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको सिरोहियालाई पुनः म्याद थपको लागि जिल्ला अदालत धनुषामा पेश गर्न लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि गत बुधबार तीनदिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको म्याद आज सकिँदैछ ।

नागरिकतासम्बन्धि कसुरमा प्रहरीले गत मंगलबार सिराहियालाई काठमाडौंबाट पक्राउ गरी बुधबार विहान धनुषा ल्याएको थियो । अदालतबाट ३ दिनको म्याद लिएर उनीमाथि धनुषा प्रहरीले अनुसन्धान चलिरहेको छ ।
जिल्ला सरकारी वकिलको कार्यलयसँग छलफल गरी म्याद थपको लागि अदालतलाई सिफारिस गर्ने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?