+
+

न्याय सेवाका तीन सह-सचिव सचिवमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १३:०७

११ जेठ, काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरुलाई सचिवमा बढुवा गरेको हो ।

कामू नायव महान्यायाधीवक्ता खेमराज ज्ञवाली महान्यायाधीववक्ता कार्यालयको सचिव सरहको पद नायव महान्यायाधीवक्तामा बढुवा भएका हुन् । उनी सरकारी वकिल समूहका हुन् ।

आयोगले सर्वोच्च अदालतका सह-रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषदको सचिवमा बढुवा गरेको छ । अनि न्यायपरिषदका कामू सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?