+
+

सम्झौता कार्यान्वयन नभएपछि सहकारी पीडितको प्रदर्शन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ जेठ ११ गते १३:४९

११ जेठ, काठमाडौं । सरकारले पटक-पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ ।

शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्‍याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका छन् ।

सरकारले दुई पटकसम्म सम्झौता गरे पनि कार्यान्वनय नभएकोले आफूहरू बाध्य भएर फेरि आन्दोलनमा उत्रनु परेको अभियानका अध्यक्ष कुशलभ केसीले बताए । आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।

विभिन्न सहकारीबाट पीडित बचतकर्ताहरूले सहकारीका अध्यक्ष र सञ्चालकलाई कारबाही गर्नु पर्ने र बचत फिर्ता हुनुपर्ने माग उनीहरूको छ ।

यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म रिले अनशन सहितका आन्दोलनलाई जारी राख्ने सहकारी पीडित बचतकर्ताले बताएका छन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?