+
+

गृहमन्त्रीको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन

अमृत सुवेदी अमृत सुवेदी
२०८१ जेठ १३ गते १८:३४

१३ जेठ, पोखरा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका छन् ।

सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले आफूहरुको रकम फिर्ता नपाएको भन्दै प्रदर्शन गरेका हुन् । 

सहकारी पीडितहरुले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।

उनीहरुले ‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्दै उनीहरूले सहकारी ठगी प्रकरणमा मुछिएकाले राजीनामा दिनसमेत माग गरेका छन् ।

हेर्नुहोस् थप तस्वीरहरु :  

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?