+
+

कान्तिबाल अस्पतालमा कुन अप्रेशन गर्न कति पैसा लाग्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १४:४३

११ जेठ, काठमाडौं । मुलुककै प्रमुख बाल अस्पताल कान्ति बाल अस्पतालले सामान्यदेखि जटिल शल्यक्रियासम्मका शुल्क सर्वसाधारणले सहजै हेर्न सकिने गरी सार्वजनिक गरेको छ ।

अस्पतालको शल्यचिकित्सा विभागले अप्रेशनमा लाग्ने शुल्कसहितको विवरण सूचना पाटीमा प्रकाशित गरेको छ । उक्त सूचना पाटीमा अस्पतालमा गरिने विभिन्न प्रकारका शल्यक्रियालाई वर्गीकरण गरी लाग्ने शुल्क समेत समावेश गरिएको छ । अस्पतालले नागरिक बडापत्रमै शल्यक्रिया शुल्क सार्वजनिक गरेको हो ।

अस्पतालले ८ प्रकारका शल्यक्रियाको वर्गीकरण गरेर शुल्क सार्वजनिक गरेको छ जसअनुसार माइनर ए, माइनर बी, इंटरमीडिएट ए, इंटरमीडिएट बि, मेजर ए, मेजर बि, भेरी मेजर ए, भेरी भेजर बी पर्छन् ।  यी ८ प्रकारका शल्यक्रिया अन्तर्गत विभिन्न ७८ वटा शल्यक्रिया प्रक्रियाको शुल्क उल्लेख छ ।

यसका साथै सामान्य शल्यक्रिया अन्तर्गत (ए) र (बी) वर्गीकरण गरेका छ, जसमा (ए) को एक हजार आठ सय र बी को ३ हजार रुपैयाँ शुल्क रहेको छ ।

यस्तै, मध्यम खालको शल्यक्रियाको ६ हजार रुपैयाँ र ७ हजार २ सय रुपैयाँ शुल्क छ । जटिल शल्यक्रियाको १२ हजार रुपैयाँ र १४ हजार ४ सय रुपैयाँ शुल्क छ ।

यसैगरी, अति जटिल शल्यक्रियाको १८ हजार रुपैयाँ र २१ हजार ६ सय शल्यक्रिया शुल्क छ ।

अस्पतालका निर्देशक डा. पकज रायका अनुसार शुल्क पहिले देनि नै तोकिएता पनि अहिले सर्वसाधारणलाई सहज रुपमा जानकारी दिन लागि सूचना  प्रकाशन गरिएको हो ।

बडापत्रमा राखिएको शुल्क शल्यक्रियाको मात्र भएको र यसमा औषधीको शुल्क नजोडिएको पनि उनले बताए । शल्यक्रियाका क्रममा प्रयोग हुने अन्य सामग्रीहरु बिरामी आफैंले किन्नुपर्ने हुन्छ ।

‘सर्वसाधारणलाई शुल्कका विषयमासहज जानकारी होस् भनेर हामीले बडापत्रमै शुल्क राखिदिएका हौं,’ डा. रायले भने, ‘अन्य अस्पतालको तुलनामा कान्तिले निकै कममा सेवा दिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?