+
+

नेत्र चापागाईं र शिक्षा मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १९:१८

११ जेठ, काठमाडौं । ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’को माग गर्दै एक्लै उभिएर प्रदर्शन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन बनेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले वार्तामा बोलाएपछि शुक्रबार साँझ चापागाईं मन्त्रालय पुगेका थिए । तर, मन्त्रालयमा पुग्दा कुनै समिति नभएर मन्त्री स्वयं मात्रैले चापागाईंलाई सहमतिमा आउन आग्रह गरेपछि शिक्षा सचिव बिना वार्ता सम्भव नहुने भन्दै चापागाईं बाहिरिएका छन् ।

वार्ताका लागि पुगेका नेपाल समाजवादी विद्यार्थी युनियनका महासचिव टंक धमलाले मन्त्री श्रेष्ठले चापागाईंको माग सम्बोधन गर्न प्रतिवद्ध समेत नदेखिएको बताए ।

उनले भने, ‘मन्त्री ज्यूले हाम्रो माग पुरा गर्ने भन्दा पनि यसो बोलाएर फकाइ हेरउ न त जस्तो व्यवहार देखाउनु भो, शिक्षा सचिव अनुपस्थित देखेपछि हामीले सोध्दा किन सचिव चाहियो भन्नु भयो। त्यसैले अब पार लाग्दैन भनेर हामी निस्कियौं।’

सहमति नजुटेपछि अब प्रदर्शन जारी रहने उनले बताए ।

प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका ५ बुँदे उनको माग छ । उनले २ जेठदेखि माइतीघरमा हरेक दिन बिहान १० बजेदेखि ५ बजेसम्म उभिएर एक्लै प्रदर्शन गर्दै आएका छन् ।

निरन्तर ९ देखि उभिरहेकोले खुट्टा सुन्निने समस्या देखिन थालेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?