+
+

कोशीको प्रदेशसभा बैठक कांग्रेसले बहिस्कार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते ११:३०

१३ वैशाख, विराटनगर । कोशी प्रदेशसभा बैठक आज बस्दैछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएपछि ३१ वैशाखबाट स्थगित प्रदेशसभा बैठक आज बस्न लागेको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नेपाली कांग्रेस भने अनुपस्थित हुने बताएको छ  । ३१ वैशाखमा मुख्यमन्त्रीले विश्वासको मत लिएको बैठकमा पनि कांग्रेस अनुपस्थित भएको थियो ।

कोशी प्रदेशको सरकार गठनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले बैठकमा सहभागी नहुने निर्णय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको ३० दिनपछि स्वत: पदमुक्त भएपछि प्रदेश प्रमुखले हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री केदार कार्की २७ वैशाखमा हिक्मतकुमार कार्कीको नियुक्ति बदर र आफ्नो निरन्तरताको मागसहित सर्वोच्च पुगेका थिए । उनले दायर गरेको रिटको तेस्रो पेसी १६ जेठमा छ । नेपाली कांग्रेसले १६ जेठमा  रिटको किनारा लाग्ने भएकाले सो दिनसम्म बैठक सार्न आग्रह गर्ने र सार्न नमाने अनुपस्थित हुने निर्णय भएको प्रमुख सचेतक तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?