+
+

कोशी प्रदेश : योजना आयोगमा भागबन्डा, पहिचान पक्षधरसँग वार्ता गर्न शान्ति टोली

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते २०:१८

२८ जेठ, विराटनगर । कोशी प्रदेश योजना आयोग सदस्यमा ४ जना मनोनित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एमालेबाट २ र माओवादी केन्द्रबाट २ जना मनोनित गरेको हो ।

योजना आयोगका सदस्यमा एमाले कोटामा काठमाडौंका डा. सिताराम बस्नेत, धरानका किसोर कुमार राई मनोनित भएका छन् । राई जनवादी गायक हुन् । उनकाे स्वरमा रहेको खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउदा बोलको गीत चर्चित छ ।

योजना आयोगमा माओवादी केन्द्रको कोटामा धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपाने मनोनित भएका हुन् ।

योजना आयोगको उपाध्यक्षमा भने यसअघि नै एमाले निकट डाक्टर राजेन्द्र अधिकारी नियुक्त भइसकेका छन् ।

सोमबारको मन्त्रिपरिषद्‌ बैठकले कोशी प्रदेशमा नामको विरुद्ध आन्दोलन गरिरहेको पहिचान पक्षधर र अन्य समूहसँग वार्ता गर्न समिति पनि गठन गरेको छ ।

मन्त्रिपरिषद्‌ बैठकले वार्ता समितिको नाम भने राजनीतिक तथा शान्ति वार्ता टोली राखेको छ ।

टोलीको संयोजकमा आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर छन् । सदस्यमा भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसद उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी छन् ।

सदस्य सचिव आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?