+
+

‘नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधार र पुनरुत्थान खाका ल्याएको छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १३:३८

१३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारको नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन र संघीयता सबलीकरणका लागि महत्त्वपूर्ण भएको बताएका छन् ।

संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधार र पुनरुउत्थानका लागि स्पष्ट खाका ल्याएको बताए ।

‘अर्थतन्त्र सुधार, पुनरुउत्थान, उत्पादन र उपादकत्व वृद्धि, राजेगार सिर्जना, सुशासन प्रवद्र्धन, सामाजिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणाली स्थापना तथा भ्रष्टाचार नियन्त्रण जस्ता कुरालाई नीति तथा कार्यक्रमले अगाडि सारेको छ,’ उनले भने, ‘सुशासन संस्थागत गर्न, विकास निमार्णलाई गति दिन र सेवा प्रवाहलाई सारभूत र आमजनताले अनुभूत गर्न सक्ने सुधार, शान्ति प्रक्रिया शीघ्र तार्किक निष्कर्षमा  पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित पराराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्र हित प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न अगाडि सारेका नीति विशेषभन्दा पनि आमनेपाली जनताका आवश्यकता  हुन् ।’

उनले सबै राजनीतिक दलका साझा मुद्दालाई आत्मसाथ गरेर सहमतिबाट देशलाई अगाडि बढाउन र समृद्धिको बाटो खुल्ने उनले बताए ।

जनताको आक्रोस र आवश्यकतालाई सम्बोधन गर्न नसक्ने हो भने देशमा ठूलो संकट र राजनीतिक समस्या र चुनौती खडा भएको उनले बताए ।

उनले नीति तथा कार्याक्रमले देशको वर्तमान अवस्था बदल्दै राष्ट्र, राष्ट्रियता, समृद्धि सुशासन मार्गमा अगाडि बढ्नुपर्ने उनले बताए ।

‘देशको समृद्धि र विकासका लागि राष्ट्रिय सहमति एक मात्रै विकल्प देखापरेको छ । हाम्रासामु उत्पन्न चुनौती राष्ट्रिय सहमति र एकताबाट मात्रै समाधान सम्भव छ ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयन अवस्था गम्भीर बन्दै गएकाले सबैले गम्भीरतापूर्वक सोचौं । राजनीतिक दलहरूप्रति जनताका प्रश्न र आक्रोशलाई बेलैमा मनन गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?