+
+

सत्ता गठबन्धनको व्‍यवहार निरंकुशताउन्मुख : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १४:२९

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको व्‍यवहार निरंकुशताउन्मुख रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा प्रेस युनिनयनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्ता गठजोडले देखाएको व्‍यवहार निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो विरोध प्रदर्शन जुन सत्ताले रबैया देखाइरहेको छ, निरंकुशता उन्मुख रवैया हो यो । यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ ।’

उनले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए । उनले प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताए ।

‘प्रतिपक्षलाई संसदमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने । यो प्रयोग भइरहेको छ । मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी’, उनले भने ।

महामन्त्री थापाले नेपाली कांग्रेसले अहिले लिएको संसदीय छानबिन समितिको अडान आम सर्वसाधारण नागरिकसँग जोडिएको बताए । महामन्त्री थापाले सरकारलाई झक्झक्याउने समय आएको बताए ।

उनले भने, ‘यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ । यसले बिस्तारै बिस्तारै तपाईं हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ । अहिले बोल्ने बेला आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?