+
+

अमेरिकी राजदूतले निवासमा गरे ‘आर्ट इन एम्बेसिज’ कला संग्रहको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते २१:२३

काठमाडौं । अमेरिकी राजदूत डीनआर थोम्पसनले निवासमा ‘आर्ट इन एम्बेसिज’ संग्रह प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनीमा अमेरिकाबाट ल्याइएका दुई दर्जन कला संग्रहलाई राखिएको थियो ।

नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संचारकर्मी, कलाकर्मी, युवा र नागरिक समाजका अगुवाले उक्त संग्रह प्रदर्शनीको अवलोकन गरे ।

अमेरिकी विदेश मन्त्रालयको पहलमा ल्याइएका संग्रहलाई काठमाडौं प्रदर्शनीपछि अमेरिका फिर्ता लगिने भएको छ । विभिन्न अमेरिकी कलाकारले ती कला संग्रहमार्फत अभिव्यक्ति र रचनाशिल्प प्रस्तुत गरेका छन् ।

प्रदर्शनीमा अमेरिकी कलाकारहरु बब कार्लसन, जेम्स ह्यारिङ्टन, क्याथरिन कुज्मा, स्यामुएल लियोपोल्ड, मार्क म्याथ्युज, मार्क नाफ्जिगर, डोरी रिफ्किनका कला प्रदर्शनीमा छन् ।

राजदूत थम्पसन आफैले छानेका ती संग्रहले कलाको माध्यमबाट एक अद्धितीय अमेरिकी कथा बुनेका छन् । स्वागत समारोहमा राजदूत थम्पसनले अन्तर–सांस्कृतिक संवाद र समझदारीलाई बढावा दिन दृश्य कलाको शक्तिबारे जोड दिए ।

राजदूत पत्नी जेन थम्पसनले आफूहरुको जीवनमा कलाले पारेको गहिरो प्रभाव र अनुभवको समेत चर्चा गरिन् । आफू ओहायाको गाउँमा जन्मिएको र थोम्पसन वासिङ्टन क्षेत्रको रैथाने भएको बताउँदै उनले फरक पृष्ठभूमिको बाबजुद, दुबैजनाको हुर्काइ, बढाइलाई आकार दिने काम कलाले गरेको स्मरण गरिन् ।

अमेरिकी विदेश मन्त्रालयको सन् १९६३ मा स्थापित आर्ट इन एम्बेसिज (एआईई) कार्यालयले अस्थायी तथा स्थायी कला प्रदर्शनी, कलाकारसम्बद्ध कार्यक्रम र प्रकाशनको सिर्जना गर्दै एक वृहत सांस्कृतिक अभियानको माध्यमबाट जनसम्पर्कको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?