+
+

पनडुब्बीमा खराबीपछि रोकियो टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल ८’ को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १७:५१

काठमाडौं । २३ मिलियन पाउण्ड मूल्य पर्ने पनडुब्बीमा खराबी आएपछि हलिउड अभिनेता टम क्रुजको आगामी ब्लकबस्टर फिल्म ‘मिसन इम्पोसिबल’को नयाँ शृंखलाको छायांकन रोकिएको छ ।

१२० फिट अग्लो संरचनालाई कम गर्न प्रयोग हुने गिम्बल जाम भएको र मर्मत गर्नुपर्ने अवस्था आएपछि छायांकन रोकिएको डेलीमेलले जनाएको छ । जसकारण फिल्मको छायांकन केही साता पछाडि धकेलिएको छ र फिल्मको लागत नाटकीय रुपमा वृद्धि भएको छ ।

स्रोतले डेलीमेलसँग भन्यो– ‘उनीहरु यसलाई लिएर खुसी छैनन् । किनभने यसले छायांकन पछाडि धकेलिनेछ भने प्रतिदिनको खर्च पनि निकै बढ्नेछ ।’

गत वर्ष रिलिज भएको फिल्मको सातौं श्रृंखला पनि हलिउडमा चलेको हड्तालका कारण प्रभावित बनेको थियो । यो फिल्म यस वर्षको गर्मीयाममा रिलिज हुने तय थियो । तर ढिलाइको कारणले मे २०२५ मा पुगेको छ । ढिलाइसँगै अब कहिले रिलिज हुन्छ भन्ने टुंगो छैन ।

यो नयाँ श्रृंखलाको धेरैजसो भाग बेलायतको लङ्क्रस स्टुडियोमा छायांकन गरिएको छ । फिल्ममा टम क्रुजले एजेन्ट इथान हन्टको भूमिका निर्वाह गरेका छन् ।

‘द मिसन इम्पोसिबल’ फिल्म श्रृंखला सन् १९९६ देखि सुरु भएको थियो । यो फिल्म सोही नामको टेलिभिजन सन् १९६६ मा आधारित छ । यो एक्सन फ्रेन्चाइजीसँगै टमले लगभग ४१.५ बिलियन डलर कमाएको माभेरिकको बक्स अफिस सफलतापछि नयाँ टप गन सिक्वेलका लागि काम गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?