+
+

कोशीमा एमाले संसदीय दलका उपनेता परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १४:३२

१५ जेठ, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता परिवर्तन भएका छन् ।

मंगलबार बसेको प्रदेश एमाले संसदीय दलको बैठकले  तिलकुमार मेन्याङ्बोलाई दलको उपनेता चयन गरेको हो । यसअघि एमाले संसदीय दलको उपनेता राम राना थिए ।

उनी आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि उपनेता परिवर्तन भएको एमाले सचेतक कमला दर्नालले जानकारी  दिइन् ।

मंगलबारकै बैठकले  सरकारको  नीति तथा कार्यक्रमका लागि सुझाव दिन पाँच सदस्यीय सुझाव समिति बनाएको छ । समितिमा उपनेता मेन्याङ्बोसहित कमला दर्नाल, तिलचन पाठक, इन्द्रमणि पराजुली र जयप्रकाश चौधरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?