+
+

धनगढीको तापक्रम ४३.३६ डिग्री सेल्सियस मापन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १९:१०

१६ जेठ, धनगढी । सुदूरपश्चिमको धनगढीमा बुधबार ४३.३६ डिग्री तापक्रम मापन गरिएको छ ।

मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा ४३.३६ डिग्री मापन गरिएको हो ।

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधबार २८ वर्षपछि उच्च तापक्रम मापन भएको जानकारी दिए ।

गत वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?