+
+

‘फ्युरिओसा’ फ्लपसँगै स्तब्ध हलिउड, गर्मीयाममा संकट मडारिन थालेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १२:४७

काठमाडौं । सामान्यतया दर्शक मे महिनामा ब्लकबस्टर फिल्मको लागि हलसम्म पुग्छन् । तर यो वर्ष हलिउडमा निराशाजनक सुरुवात भएको छ । यदि यो कुरालाई सुधार्ने हो भने नयाँ विचार जरुरी छ ।

गर्मीयाम भर्खरै सुरु हुँदैछ तर हलिउड फिल्महरु यसअघि नै फ्लपको सिकार हुन थालेका छन् । यो कुरा भनेको पिकनिकको समयमा बर्खेझरीले डुबानमा पारेजस्तै हो ।

यो फ्लपको सुरुवात रायन गोस्लिङ र एमिली ब्लन्ट स्टारर ‘फल गाई’सँगै सुरु भयो । यो फिल्म हेर्न दर्शक हलसम्मै पुगेनन् भन्दा पनि हुन्छ । यो संकटमा अर्को अध्याय यतिबेला थपियो जतिबेला चर्चित सिरिज ‘म्याड म्याक्स’को पछिल्लो श्रृंखला ‘फ्युरिओसा’ र ‘द गारफिल्ड’ फिल्मले निराशाजनक ओपनिङ गरे ।

मेमोरियल डेको बिदामा यी दुई फिल्म बक्स अफिसको शीर्षस्थानमा रहे तर ओपनिङ कमजोर रह्यो । ‘फ्युरिओसा’ले ३२ मिलियन डलर र गारफिल्डले ३१.१ मिलियन डलरको कलेक्सन चार दिनमा गरे । उत्तर अमेरिकी बक्स अफिसमा यो निकै खराब व्यापार हो ।

यो संकटलाई गत वर्ष यही समयमा रिलिज भएको ‘द मार्मेड’सँग तुलना गर्न सकिन्छ, जतिबेला यो फिल्मले पहिलो सप्ताहन्तमा ११८ मिलियन डलरको कमाइ गर्दै बक्स अफिसको शीर्षस्थानमा रह्यो । अमेरिकी फिल्म उद्योगमा बितेको ३० वर्षमा यो खराब मेमोरियल डेको व्यापार हो । कमस्कोरका अनुसार यस वर्ष अमेरिका र क्यानडामा टिकट बिक्रीमा २२ प्रतिशतको गिरावट आएको छ ।

आगामी केही महिनामा प्रदर्शन तयारीमा रहेका फिल्महरु ‘ब्याड ब्यायज : राइड अर डाई’, इनसाइड आउट २, अ क्वाइट प्लेस : डे वन र ट्वीस्टर्स ब्लकबस्टर हुने अपेक्षा गरिएको छ । यी फिल्मले गर्व गर्न सक्ने सबैभन्दा ठूला स्टार विल स्मिथ हुन् । ‘अ क्वाइट प्लेस : डे वन’ हरर फ्रेन्चाइजीको तेस्रो श्रृंखला हो ।

रायन रेनोल्ड्स र ह्युग ज्याकम्यानले जुलाईमा ‘वुल्भरिन’बाट हलिउडलाई संकटबाट बचाउन सक्छन् । तर सिक्वेल र प्रिक्वेलका यी अनावश्यक श्रृंखलाको व्यापारलाई लिएर धेरै कुरा अहिल्यै भन्न सकिंदैन ।

यस्ता घटना हुनुमा हलिउडमा हालै चलेको लेखक र कलाकारको हड्ताल प्रमुख जिम्मेवार छ । जसकारण ‘पिक्सार’को एलियो र टम क्रुज स्टारर मिसन इम्पोसिबल ८ ले निर्माण नै रोक्नुपर्‍यो । जसकारण यी दुवै फिल्म अर्को वर्ष धकेलिएका छन् ।

तर हड्ताल मात्र खराब गर्मीयामका लागि जिम्मेवार छैन । यसमा स्ट्रिमिङ प्लाटफर्म पनि दोषी छन्, जसले निर्माता र दर्शक दुवैलाई ठूलो पर्दामा आकर्षित गर्थे ।

स्टार वार्स, द लर्ड अफ द रिंग्स र मार्भल सिनेम्याटिक युनिभर्सका पात्रलाई चित्रण गर्ने फिल्म जसले मनोरञ्जन प्रस्तुत गर्छन्, फिल्म हलको संरक्षण उनीहरुले गरेको बताइन्थ्यो । साथै ड्वेन जोन्सन, ग्याल ग्याडोट र द रयान्स अभिनीत ग्लोब–ट्रोटिंग एक्सन फिल्मले पनि फिल्म हल जोगाएको बताइन्थ्यो ।

गत गर्मीयाममा ओपेनहाइमर र बार्बीको सफलताले हलिउडलाई उद्धार गरेको थियो । यी फिल्मको व्यापार क्षणिक मात्र थियो, जसले दीर्घकालीनरुपमा हलिउडको व्यापारलाई जोगाउन सक्ने अवस्था थिएन ।

यसको अर्थ यो होइन कि ब्लकबस्टर बाहिर आउँदैनन् । समय-समयमा आउने गरेका छन् । मार्वल र डीसीका कार्यकारी प्रमुखले ‘क्याप्टेन अमेरिका : ब्रेभ न्यु वर्ल्ड र सुपरम्यान : लेगेसी’ले अर्को वर्ष रिलिज हुँदा सुपरहिरोको थकानलाई मेटाउन सक्ने आशा राखेका छन् । तर हलिउडमा कसैलाई पनि हिट फिल्मलाई नियमितरुपमा हलमा कसरी राखिरहने भन्नेबारे केही थाहा छैन ।

यदि गर्मीयामको ब्लकबस्टरलाई पुनर्जीवन दिने हो भने नयाँ ढंगबाट सोच्नु आवश्यक छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?