
१७ जेठ, दाङ । अत्यधिक गर्मी भएपछि तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयमा पाँच दिन बिदा दिइएको छ ।
केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
उपमहानगरअन्तर्गत नगर शिक्षा समितिको बैठकबाट पाँच दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको छ ।
बुधबार दाङको तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो ।
दाङको राप्ती गाउँपालिकाले पनि अत्यधिक गर्मी बढेपछि आज र भोलि दुई दिन विद्यालयमा बिदा दिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4