 
																			२२ जेठ, काठमाडौं । निक्षेप सदस्य (डीपी)हरुले ग्राहकलाई आफ्नो डिम्याट खाता समयमै नवीकरण गर्न आग्रह गरेका छन् । सार्वजनिक सूचना जारी गर्दै उनीहरुले असार मसान्तसम्म डिम्याट खाता नवीकरण वापत बुझाउनुपर्ने शुल्क बुझाउन भनेका हुन् ।
असार मसान्तसम्म नवीकरण नभएमा डिम्याट खाता रोक्का हुन जान्छ, सेयर कारोबार गर्न पाइँदैन । डिम्याट खाता नवीकरणवापत प्रत्येक वर्ष १ सय रुपैयाँ र मेरो सेयर नवीकरणवापत ५० रुपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्दछ ।
कतिपय निक्षेप सदस्यले निश्चित रकम पहिले नै भुक्तानी गरेपछि आजीवन डिम्याट खाता नवीकरण गर्नु नपर्ने प्याकेज पनि उपलब्ध गराएका छन् । अनलाइन प्रणाली इसेवा, खल्ती, आईएमई पे, प्रभुपे, कनेक्ट आईपीएस लगायत माध्यमबाट भुक्तानी गरी खाता नवीकरण गर्न सकिन्छ । ‘मेरो सेयर प्रोफाइलमा’ गई ‘रिन्यू एकाउन्ट’मार्फत नवीकरण गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4