 
																			२६ जेठ, ढोरपाटन (बागलुङ) । मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि एकैदिन ६४ लाख ५४ हजार पाँच सय ९५ सङ्कलन भएको छ ।
निर्माणाधीन भवन सहयोगार्थ ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट एकैदिन उक्त रकम सङ्कलन भएको छ । कार्यक्रममा बागलुङको काठेखोला गाउँपालिकाले १५ लाख, पर्वतको कुश्मा नगरपालिकाले पाँच लाख ११ हजार, फलेबास नगरपालिकाले पाँच लाख ११ हजार र म्याग्दीको मालिका गाउँपालिकाले पाँच लाख ११ हजारर रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै स्थानीय र बागलुङ बजारका व्यापारीले सहयोग गरेको मानवसेवा आश्रमका सहकोषाध्यक्ष सुमीरा लामाले जानकारी दिइन् । विसं २०७३ देखि बागलुङको शाखा स्थापना गरेर सेवा दिँदै आएको आश्रमले विसं २०७८ मा बागलुङ नगरपालिका–४ निरयघाटमा जग्गा प्राप्त गरेपछि सुविधा सम्पन्न भवन निर्माण गर्न थालेको हो ।
स्थापनाकालदेखि अहिलेसम्म बागलुङ–३ किनारा टोलबाट आश्रम सञ्चालित छ । आश्रमको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि विसं २०७८ वैशाख २४ गते शिलान्यास गरिएको लामाले बताइन् । आश्रमलाई स्थापनाकालदेखि नै धेरैले सहयोग गर्दै आएको सुनाउँदै ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा एकैदिन धेरैले सहयोग गरेको उनको भनाइ छ ।
आश्रममा हाल महिला २२, पुरुष २४ र बालबालिका सात गरी ५३ जना सहयोगापेक्षी आश्रित रहेका छन् । भवन निर्माण सुरु भएको तीन वर्षमा ४० प्रतिशत काम सम्पन्न भएको मानवसेवा आश्रमका अभिभावक एवं भवन निर्माण समितिका संयोजक शिव खड्काले जानकारी दिए ।
१२ करोड ७५ लाखको योजना रहेकामा हालसम्म हालसम्म पाँच करोड खर्च भएको उनको भनाइ छ । यो सबै प्रदेश, पालिका र दाताबाट आएको सहयोग प्राप्त भएको खड्का बताउँछन् ।
खड्काले भने, ‘भवन निर्माणको काम अगाडि बढेको छ, हालसम्म करिबकरिब आधा काम सकिन थालेको छ, आर्थिक सहयोग आउनेक्रम जारी छ, धेरै दाताले मन फुकाएर सहयोग गर्नुभएको छ, यो योजना रु १२ करोड ७५ लाखको हो, भवन निर्माण सकियो भने आश्रममा बस्नेहरुलाई सहज हुनेछ, अहिले जसोतसो व्यवस्थापन गर्दै आएका छौँ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4