+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

त्रिवि प्राध्यापक संघ र निर्वाचन कार्यालयमा असन्तुष्ट पक्षको ताला

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १८:४५

६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (टुटा)को निर्वाचनप्रति असन्तुष्टि जनाउँदै आइरहेका प्राध्यापक तथा शिक्षकहरूले टुटा कार्यालय कीर्तिपुर र शंकरदेवमा रहेको निर्वाचन कार्यालयमा ताला लगाएका छन् ।

शुक्रबार र शनिबार घोषणा गरिएको निर्वाचनका लागि लोकतान्त्रिक पद्धतिमा प्रतिनिधि छनोट नगरिएको भन्दै उनीहरूले विरोध जनाउँदै आएका थिए ।

बिहीबार प्रजातन्त्रवादी प्राध्यापक संघका महासचिव राजेन्द्र गौतम नेतृत्वका प्राध्यापक तथा शिक्षकहरूले ६२ आंगिक क्याम्पस, ४ अनुसन्धान केन्द्रमध्ये महेन्द्ररत्न क्याम्पस ताहाचाल र रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर बाहेकमा प्रतिनिधि छनोटको प्रक्रिया नै नभइ एकाइले नाम पठाएको भन्दै ताला लगाएका हुन् ।

विश्वविद्यालय क्याम्पसका सहप्राध्यापक केशव पौडेल निर्वाचन समितिसँग प्रतिनिधि छनोटको प्रक्रिया माग गर्दा यी दुई क्याम्पस बाहेकमा वैधानिक प्रक्रिया नअपनाइएको बताउँछन् ।

उनले भने ‘यी दुई क्याम्पस बाहेक अन्यत्र कुनै पनि निकायमा प्रतिनिधि छनोट प्रक्रिया नभएर एकाइले नाम पठाएको देखिएकाले अवैध प्रतिनिधिबाट प्रक्रिया अगाडि बढाउन मिल्दैन भनेर हामीले तालाबन्दी गर्‍याैं ।’

निर्वाचनमा सहभागी हुन प्राध्यापक संगठनहरूको संयुक्त अपिल

प्राध्यापक संघको निर्वाचनमा सहभागी हुन प्राध्यापक तथा शिक्षकहरूका वैचारिक संघसंगठनहरूले बुधबार संयुक्त रूपमा अपिल जारी गरेका थिए ।

प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. बेदराज केसी, एकीकृत प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. गोविन्द सुवेदी लगायतले निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् ।

त्यस्तै लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष डा. उदयकिशोर तिवारी, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, समाजवादी प्राध्यापक संघका महासचिव डा. नरेन्द्रकुमार सिंहले पनि विज्ञप्ति जारी गर्दै सबै प्रतिनिधि प्राध्यापक तथा शिक्षकलाई निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् ।

‘उच्च शिक्षा विधेयक पुनर्लेखन गर्न तथा ओझेलमा परेका प्राध्यापकका एजेन्डा समाधान गर्न विश्वविद्यालयमा स्थापना भएको साझा संस्था एवम् विश्वविद्यालय र प्राध्यापकको स्रोतका रूपमा रहेको त्रिवि प्राध्यापक संघलाई नयाँ नेतृत्वमार्फत थप सशक्त बनाइ क्रियाशील बनाउन असार ७ र ८ गते आयोजना गरिएको प्राध्यापक संघको निर्वाचनमा भाग लिइ आफ्नो प्रतिनिधि छनोट गर्न सम्पूर्ण प्रतिनिधि प्राध्यापकज्यूहरूलाई अपिल गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?