+
+
Shares
कविता :

निःसन्देह जाग

विज्ञान राज विज्ञान राज
२०८१ असार २२ गते ८:५२

के हेर्दैछौ ?
ल्यामपोष्ट ? हावा ? बादल ? आकाश ?

अहो त्यो ल्यामपोष्ट अझै अँध्यारोबाट जागेको छैन
जुन दिनदेखि हावाले हुरीको हुहन्डरलाई आमन्त्रित गरेको थियो
अहो त्यो हावा पनि हुहन्डरबाट अझै जागेको छैन
जुन दिनदेखि बादलले आकाशको पेटलाई मडार्ने गरी घेरेको थियो

फेरि तिमीलाई थाहै छ
ल्यामपोष्ट जाग्नलाई
हावाले हुरीको हुहन्डरलाई धपाएर बहनुपर्ने हुन्छ
हावा पनि जाग्नलाई
बादलले आकाशको पेटलाई मडार्न छाडेर बर्सिनुपर्ने हुन्छ

फेरि के सोच्दैछौ ?
नसोच धेरै, नटोलाऊ धेरै
नजागेका ती ल्यामपोष्ट र हावा तिमी नै हौ
नजगाउने ती आकाश र बादल पनि तिमी नै हौ

बरु जगाऊ आफूलाई
आकाश झैं जगाऊ
बादल झैं जगाऊ
र जाग्दा ल्यामपोष्ट झैं जाग,
हावा झैं जाग

कि-खाली नसोच मात्र, नटोलाउ मात्र
यसले तिमीलाई पारालाइसिसले झैं मुर्दा बनाइदिन्छ
र तिमी आफैं सोचविचार गरेर भन त,
केही अर्थ छ र जीवनमा पारालाइसिसको ? मुर्दाको ?

तसर्थ आफैंलाई जगाऊ
र जाग्दा तिमी निःसन्देह जाग ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?