२४ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि रुस पुगेका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निम्तोमा २२औं भारत–रुस शिखर सम्मेलनमा सहभागी हुन मोदी सोमबार मस्को पुगेका हुन् ।
भ्रमणका क्रममा पुटिन र मोदीबीच भेटवार्ताको कार्यक्रम राखिएको छ । मोदीको भ्रमणले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दालाई स्थायित्व दिन छलफल हुने जनाइएको छ । पुटिन र मोदीबीच ऊर्जा र व्यापारका क्षेत्रलाई केन्द्रमा राखेर छलफल हुने कार्यतालिका छ ।
रुस–युक्रेन युद्ध सुरु भएपछि मोदी पहिलो पटक मस्को पुगेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4