+
+
Shares

युरो र डलर घट्यो, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते ९:११

२६ असार, काठमाडौं । आइतबार अमेरिकी डलरको भाउ २ पैसा घटेको छ । राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८८ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २८ पैसा तोकेको छ ।

त्यस्तै एक अष्ट्रेलियन डलरको बिक्रीदर भाउ ९० रुपैयाँ १७ पैसा तथा खरिददर ८९ रुपैयाँ १५ पैसा तोकिएको छ । एक यूरोको बिक्रीदर मूल्य १४४ रुपैयाँ ८२ पैसा तथा खरिददर मूल्य १४४ रुपैयाँ १७ पैसा छ । युरो अघिल्लो दिनको तुलनामा १८ पैसा घटेको हो ।

एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ४४ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ३१ पैसा छ । एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७१ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५५ पैसा तोकिएको छ । साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ६९ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५३ पैसा तोककिएको छ ।

बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४५ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ २९ पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ । १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ ३१ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?