+
+
Shares

कांग्रेस मुख्यालयमा अब पुस्तकालय पनि, सबैका लागि प्रवेश खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १०:५५

६ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालय आजदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ४२ औं बीपी स्मृति दिवसको अवसरमा आज बिहान पुस्तकालयको उदघाटन गरे ।

पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकहरुको संख्या अन्यको तुलनामा बढी छन् । नेपाली कांग्रेसको स्थापनाअघि देखिका विभिन्न कालखण्डका दस्तावेज, संस्थापक नेताहरुको राजनीतिक जीवन, बीपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तक एवम् संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थ राजनीति लगायतका पुस्तकहरु पुस्तकालयमा उपलब्ध हुनेछन् ।

यो पुस्तकालयमा जोकोही गएर अध्ययन गर्न सक्ने नेपाली कांग्रेसले जनाएको छ ।

पुस्तकालय र स्रोत केन्द्रले कांग्रेसको मुख्यालयलाई चलायमान गराउने पार्टीले उद्देश्य राखेको छ । पुस्तकालयले खोज अनुसन्धानकर्तालाई समेत मद्दत पुग्ने अपेक्षा कांग्रेसको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?