+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुरक्षा पन्तको शीर्ष भूमिकामा फिल्म ‘लाइफ ड्यामेज’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १३:२०

काठमाडौं । ‘फेन्टासी कमेडी ड्रामा’ जनरामा बन्न लागेको फिल्म ‘लाइफ ड्यामेज’को निर्माण घोषणा गरिएको छ । कन्टेन्ट क्रिएटरको रुपमा परिचित निमेष श्रेष्ठले यसलाई निर्देशन गर्दैछन् ।

श्रेष्ठ आफैंले अभिनेत्री सुरक्षा पन्तसँग फिल्मको शीर्ष भूमिकामा अभिनय गर्दैछन् । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरिएको हो । मुहूर्तमा सुरक्षा र निमेशसहित फिल्मका प्रमुख कलाकार र प्राविधिक टोली उपस्थित थिए ।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिषजंग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय हुनेछ । यसै वर्ष रिलिज लक्ष्य राखिएको फिल्मलाई निमेष र ईशाले लेखेका हुन् ।

निमेषको यो डेब्यु फिल्म हुनेछ । फिल्मबारे उनले भने, ‘अर्काको जुत्तामा उभिंदा वा अरूको जीवन बाँच्दा हुने अनुभव कस्तो हुन्छ भनेर हामीले यस चलचित्रमा देखाउन खोजेका छौं ।’

प्रवीण खड्काको छायांकन, नीमा श्रेष्ठको सम्पादन, अभिषेक खरेलको प्रोडक्सन डिजाइन, आयुष महर्जनको कला निर्देशनमा फिल्म निर्माण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?