+
+
Shares

भारतमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १६:०१

११ साउन, जनकपुरधाम। रोजगारीको सिलसिलामा भारतको जम्मु कश्मीर गएपछि बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । सिरहाका २१ र धनुषाका ७ जनालाई उद्धार गरी धनुषा ल्याइएको धनुषाका सहाक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले बताए ।

सीडीओ भुसालका अनुसार उनीहरुलाई कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएको उनीहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पहलमा भारतीय स्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्यिा संस्थाको समन्वयमा नेपाल फर्काएको हो ।

बिहीबार साँझ नेपाल फर्काएका उनीहरुलाई दुवै जिल्लाका मानव बेचबिखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको थियो । शुक्रबार जनकपुरमा परिवार मिलन कार्यक्रम गरी जिम्मा लगाइएको छ ।

उनका अनुसार मन्त्रालयका सचिवसहितको उपस्थितिमा पालिकाहरुको रोहरबरमा सम्बन्धित परिवारका अभिभावकलाई जिम्मा लगाइएको हो ।

मजदुरीका लागि बिचौलियामार्फत भारत पुगेका उनीहरु ५ महिनादेखि पारिवारिक सम्पर्कमा थिएनन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?