२० साउन, काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारु सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबार भएको संघको २०औं वार्षिक साधारण सभाले मारुलाई ३ वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
मारु शिवम् सिमेन्टका प्रबन्ध निर्देशक समेत हुन् । उनी लामो समयदेखि सिमेन्ट उद्योगमा आबद्ध हुनुहुन्छ ।
संघको अध्यक्षमा निर्वाचित भएपछि मारुले नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दीर्घकालीन तथा अल्पकालीन समस्या समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि निजी क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकार बीच सहकार्य गरी अघि बढ्ने प्रतिक्रिया दिए ।
सबै सिमेन्ट उद्योगीहरूलाई साथमा लिएर यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत्, बैंङकिङ तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।
वार्षिक साधारण सभाबाट नयाँ कार्य समितिको उपाध्यक्षमा तारा पोखरेल र विकास दुगड, महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुण कर्ण चयन भएका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष धुव्र थापा समेत रहेका छन् ।
प्रतिक्रिया 4