+
+

कांग्रेसमा ३८ विभागका प्रमुख तोक्दै देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १३:३४

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३८ विभागका प्रमुख तोक्ने तयारी गरेका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरे अनुुसारका विभागमा देउवाले प्रमुख तोक्न लागेका हुन् ।

स्रोतका अनुसार देउवाले राज्य प्रशासन विभागमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागमा मधु आचार्य, स्वास्थ्य विभागमा डा. चन्द्रमोहन यादव, पूर्वआप्रवासी विभागमा दिनेश कोइराला, कृषि र किसान विभागमा उमेश श्रेष्ठ, खेलकुद विभागमा उमेशजंग रायमाझीलाई प्रमुख तोक्ने तयारी गरेका छन् ।

त्यस्तै अभिलेख, अनुगमन तथा मूल्यांकन विभागमा मानबहादुर विश्वकर्मा, पेशागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौलालाई प्रमुख बनाउन लागिएको छ । सभापति देउवा निकट एक शीर्ष तहका नेताका अनुसार ३८ विभागका प्रमुखको नाम सोमबार नै प्रकाशित गर्ने तयारी छ ।

सभापति देउवा निवासमा सोमबार विहान शीर्ष नेताहरु छलफलमा बसेका थिए । उक्त छलफलपछि विभागका प्रमुख तोक्ने विषयमा सभापति देउवा र दुई महामन्त्रीले छुट्टै छलफल गरेका थिए ।

विधानतः महाधिवेशन भएको छ महिना भित्र विभाग र समितिहरु गठन भइसक्नुपर्छ । हालसम्म १७ वटा मात्रै विभागका गठन गरिएको छ । गठन भएका विभागले समेत पूर्णता पाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?