+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

ममता काफ्लेकी आमा पुगिन् अमेरिका

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १२:३६

१६ भदौ, काभ्रे । अमेरिकामा बेपत्ता नेपाली महिला ममता काफ्लेकी आमा गीता र उनका दाजु भर्जिनिया पुगेका छन् ।

काफ्लेको मृत शरीर लुकाएको आरोपमा ममताका श्रीमान् नरेश भट्ट थुनामा छन् । यस्तोमा १ वर्षकी छोरी एक्लै भएपछि रेखदेख गर्न भन्दै काफ्लेको माइती पक्षले अमेरिका जान खोजेको थियो ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

लगत्तै काफ्लेको माइती पक्षले नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरुसँग समेत भेट गरेका थिए । त्यसपछि उनीहरुले अमेरिका जाने प्रक्रिया थालेका थिए ।

भिसा लगायतका प्रक्रिया पूरा भएपछि गएको मंगलबार राति उनीहरु त्यसतर्फ गएको मामा सहकुलप्रसाद तिम्सिनाले बताए । उनले अनलाइनखबरसँग भने, ‘उहाँहरु अमेरिका पुगिसक्नु भएको छ, त्यहीँबाट मेरो कुराकानी पनि भइसक्यो ।’

१२ कक्षा सकेपछि बैंग्लोरमा नर्सिङ पढिरहेका बेला सामाजिक सञ्जालमार्फत उनको कञ्चनपुरका नरेश भट्टसँग चिनजान भएको थियो । पछि उनीहरु प्रेम सम्बन्धमा जोडए, त्यसपछि २०७७ सालमा पनौतीमा धुमधामसँग नरेश र ममताबीच विवाह भएको थियो ।

विवाहको केही समयपछि ममता अमेरिका गएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?