+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

घरेलु कामदार सम्बन्धी प्रोटोकलमा हस्ताक्षर गर्दैछौं : श्रममन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १८:०६

१८ भदौ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शतरसिंह भण्डारी घरेलु महिला श्रमिकलाई काममा लगाउने विषयमा विभिन्न देशहरुसँग ‘घरेलु कामदार सम्बन्धी प्रोटोकल’मा हस्ताक्षर गर्ने तयारी भइरहेको बताएका छन् ।

मंगलबार संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै भण्डारीले महिला श्रमिकको रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रोटोकलहरुमा दुईपक्षीय सहमति गर्न वार्ताहरु भइरहेको बताए ।

तर, कुन–कुन देशसँग यस्तो वार्ता भइरहेको हो भन्ने उनले खुलाएनन् । प्रस्तावित प्रोटोकलहरुमा महिला कामदारहरुलाई थप सुरक्षित बनाउन संसदीय समितिहरुले समय–समयमा दिएका निर्देशनहरुलाई समेत समावेश हुने मन्त्री भण्डारीको भनाइ छ । संसदीय समितिको निर्देशनका कारण ९ वर्षदेखि घरेलु काममा सरकारले श्रमिकलाई श्रम स्वीकृति दिएको छैन ।

तर, अन्य भिसामा विदेशमा लगेर घरेलु श्रमिकका रुपमा काममा लगाउने क्रम बढ्दो छ । विभिन्न खाडी मुलुकहरुले घरेलु श्रमिक आपूर्तिलाई वैधता दिन नेपालसँग अनुरोध गर्दै आएका छन् । उनीहरुको दबाबका बाबजद पनि संसदीय समितिले घरेलु श्रमिकबारे छुट्टै श्रम समझदारी गरेर मात्रै श्रम स्वीकृत दिन पाउने गरी सरकारलाई रोक लगाएको छ ।

मन्त्री भण्डारीले श्रम स्वीकृति लिएर संस्थागत रुपमा जाने महिला कामदाहरुको हकमा श्रम सम्झौता विपरीतका कार्यहरु भएमा सरकारले सम्बन्धित वैदेशिक रोजगार व्यवसायीहरुलाई जिम्मेवार बनाइरहेको बताए । कुनै उजुरी दर्ता हुन आएकानून अनुसार कारवाही गर्ने काम पनि भइरहेको उनको दाबी छ ।

गन्तव्य मुलुकमा सम्पर्कमा आएका पीडित नेपाली कामदारहरुको हकमा सम्बन्धित दूतावासमार्फत राहत तथा उद्दार भइरहेको उनले बताए । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अवस्था, विभिन्न माध्यमबाट प्राप्त हुने समस्या र गुनासाहरुलाई २४ घण्टा नै संचालन हुने कल सेन्टरदेखि सुरक्षाकर्मीसहितको ¥यापिड रेस्पोन्स टिमबाट सनुवाइ हुने व्यवस्था गरिएको मन्त्री भण्डारीको दाबी छ ।

उजुरीको सम्बोधनका लागि वैदेशिक रोजगार विभागबाट नेपाली कूटनीतिक नियोगमार्फत शिघ्र उद्दार लगायतका सम्बन्धमा सूचना लिने सहजीकरण गर्ने र उद्दार गर्ने कार्य निरन्तर उनको दाबी छ ।

‘विभागले गुनासाका प्रकृतिका आधारमा पक्राउ पुर्जी जारी गर्ने र न्यायिक निरुपण गर्ने कार्य समेत गरि रहेको छ,’ मन्त्री भण्डारीले ले भने,‘यसको प्रतिवेदन र प्रगति विवरणको मन्त्रालय लगायत सम्बद्ध निकायमा सामयिक जानकारी गराउने गरिएको छ ।’

नेपालबाट खुला भएका गन्तव्य मुलुकमा श्रम स्वीकृतिबाहेक जुनसुकै भिसाबाट पुगेर प्रचलित कानून बमोजिमको कार्य विदेशी मुलुकमा गरिरहेको भए मे ३०, २०२४ सम्म विदेशस्थित नेपाली कुटनीतिक नियोगमा निवेदन दिएमा एक पटकका लागि श्रम स्वीकृति ( वैधानिकीकरण) उपलब्ध गराइएको समेत उनले बताए ।

वैदेशिक रोजगारमा जान चाहने नेपालीहरु ठगी तथा समस्यामा नपरुन् र सम्बन्धित देशको कानूनी तथा अन्य विषयवस्तुमा जानकारी होस् भन्ने हेतुले महिलाहरुका लागि पूर्वप्रस्थान अभिमुखीकरण तालिम निःशुल्क दिने व्यवस्था मिलाइएको पनि मन्त्री भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?