+
+

संकटमा सराय नाच 

अनिल खत्री अनिल खत्री
२०८१ असोज २७ गते ७:१८

२७ असोज, गुल्मी । गुल्मी जिल्लामा दशैंका बेला नाचिने सराय नाच संरक्षण अभावमा संकटमा परेको छ । प्राय दशैंको टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म सराय नाच नाचिन्छ ।

तरबार, खुडा र खुकुरी नचाउँदै पञ्चेबाजाको तालमा सामूहिक रुपमा सराय नाच नाचिन्छ । तर, यो कला पुस्तान्तरण नहुँदा सराय नाच संकटमा परेको हो ।

यही चिन्ताले गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ का केही युवाले यसको संरक्षणको प्रयास थालेका छन् । ‘यो हाम्रो संस्कृतिक, परम्परा र मौलिक कला हो । यसलाई संरक्षण गर्नुपर्छ भनेर युवाहरुको सक्रियता बढाइएको छ,’ इस्मा गाउँपालिका वडानम्बर २ युवा राजेन्द्रविक्रम कुँवरले भने । उनले पुराना पुस्ता सकिदै जाँदा पुराना कला संस्कृति पनि मेटिदै जाने भएकाले यसको संरक्षणमा सबै लाग्नु पर्ने बताए ।

गुल्मीका अर्जै, अमरपुर, इस्मामैदान, धुर्कोट, ताल्तुङ्ग, धागिथुम, चोयगा लगायतका स्थान उत्कृष्ट सराय नाचका लागि चर्चित छन् । यो अर्घाखाँची, कपिलवस्तु, प्युठान र दाङका विभिन्न कोट र शक्तिपिठहरुमा सराय नाच नाचिन्छ । तर नाच्ने कला युवामा पुस्तान्तरण नहुँदा यसको मौलिकता पनि मासिँदै गएको छ ।

मन्दिर क्षेत्र, चौर वा कुनै सार्वजनिक स्थानमा गाउँका सबै भेला भएर सराय नाच नाच्ने र हेर्ने चलन परापूर्वकालदेखि नै चल्दै आएको हो । यो दशैंंका बेलामा घरमा आएका साथीसंगीसँग भेट्ने गतिलो अवसर पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?