+
+

भारतमा पटका पड्काउँदा दैलेखका बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते १९:३८

१३ कात्तिक, सुर्खेत । भारतको सुरतमा पटका पड्काउँदा दैलेखका एक बालकको मृत्यु भएको छ ।

दीपावलीको पट्का पड्काउँदा आठबिस नगरपालिका–३, साई गाउँ दैलेखका १३ वर्षीय भूपेन्द्र कठायतको मृत्यु भएको हो ।

भूपेन्द्रले रकेट बम नामको पट्का पड्काउँदा त्यसको छर्रा दायाँ छातीमा लागेको थियो । छर्रा मुटुमा लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले पुष्टि गरेको छ ।

‘उनका परिवारसँग हाम्रो सम्पर्क भएको थियो । दीपावलीको पटका पड्काउँदा भूपेन्द्रको मृत्यु भएको जानकारी प्राप्त भएको छ’, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डीएसपी) सुनिल दाहालले भने ।

भूपेन्द्र आफ्ना परिवारसँग भारतको गुजरात प्रान्तको सुरत जिल्लामा बस्दै आएका थिए । सुरतमा उनका परिवार मजदुरी गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?